उपराष्ट्रपतिमा जनमतकी ममता झाले पनि दर्ता गरिन् उम्मेदवारी
काठमाडौं- जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छन् । झाले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी गराएकी हुन् ।
सत्तारुढ चार दल कांग्रेस माओवादी जसपा र एकीकृत समाजवादी बीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि जनमत त्यसमा सहमत भएको छैन । निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । सोहीअनुसार जनमतले महिलालाई उम्मेदवार बनाएको हो । उपराष्ट्रपतिको निर्वाचन चैत तीन गते हुँदैछ ।