Connect with us
Kapilvast Forest

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

२०७९, २७ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं- आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर नेकपा एमाले बाट एक जना जनता समाजवादी पार्टी जसपा बाट दुई जना र जनमत पार्टीबाट एक जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपराष्ट्रपति पदका लागि एमालेका नेत्री अष्टलक्ष्मी शाक्य जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव जसपाका राष्ट्रिय सभा सदस्य प्रमीलाकुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ नेताहरू छविलाल विश्वकर्मा रघुवीर महासेठ र गोकर्ण विष्ट हुनुहुन्छ । उहाँको उम्मेदवारीको समर्थकमा महेश बर्तौला तुलसा दाहाल कृष्णगोपाल श्रेष्ठ भगवती न्यौपाने र यशोदा रिजाल रहनुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu