Connect with us
Kapilvast Forest

जुम्लामा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

जुम्ला- जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २३ वर्षीया ममता नेपालीलाई कुटपिट गरेर मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार श्रीमान्ले कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको बताउनु भयो । उहाँका अनुसार मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको छ ।

अहिले सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताउनुभयो । प्रारम्भिक बयानमा श्रीमान्ले कुटपिट गर्दा बेहोस ममता भएको बताइको छ । बेहोस भएपछि घरमा सुताएको त्यसपछि मृत्यु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu