Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीको बिदाइ पौडेलको शपथ आज

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ ग्रहण गर्नुभयो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको हो ।

प्रथम राष्ट्रपति डा. रामवरण यादव झन्डै आठ वर्ष र राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो र तेस्रो कार्यकालका लागि सात वर्ष गरी १५ वर्ष राष्ट्र प्रमुखको दायित्वमा रहनुभयो । १५ वर्षसम्म राष्ट्रपति संस्था राष्ट्रपतिमा आउनुभएका दुई जनाको भूमिकाबारे प्रशंसा र आलोचना हुँदै आएका छन् ।

उहाँ सोमबार शीतल निवासबाट आफ्नो निवासमा सर्नुहुनेछ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ ।

राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्छ भन्ने जिज्ञासामा प्रथम राष्ट्रपति डा. यादवले बुँदागत सुझावसहित अभिभावकीय भूमिकाप्रति उच्चतम नैतिकता प्रस्तुत गर्न आग्रह गर्नुभएको छ । उहाँले संविधान निर्माणपछि राष्ट्रप्रमुखको दायित्वलाई राम्ररी बुझ्ने व्यक्तिले यो जिम्मेवारी पाएकाले आफू आशावादी रहेको बताउनुभयो ।

उहाँले राष्ट्रपति प्रधानमन्त्री र सभामुखको आआफ्नै भूमिका हुने बताउँदै लोकतन्त्रको उच्चतम अभ्यासका रूपमा यसलाई स्वीकार गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो म जन्मिनुभन्दा पहिल्यै नेपाली जनताले फाँसीको तख्तामा चढेको बलमा अहिले लोकतन्त्र आएको हो ।

राष्ट्रपति भनेको राष्ट्रप्रमुख हो यसमा स्किल चाहिन्छ । लोकतान्त्रिक व्यवस्थाका लागि लडेकै व्यक्ति राष्ट्रपति संस्थामा बसेकाले यो व्यवस्था अगाडि जान्छ भन्नेमा म विश्वस्त छु ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu