Connect with us
Kapilvast Forest

कतार जाने पचास प्रतिशतले कमी

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौँ- रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुई हजार ६६५ जना पुसमा दुई हजार ५०६ जना र माघ महिना दुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ ।

आव २०७८/७९ मा मङ्सिर महिनामा सात हजार ७१ जना, पुस महिनामा छ हजार ८९ जना माघ महिनामा छ हजार ५४४ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क विभागसँग छ । विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा कतारका लागि २६ हजार २२० जनाले श्रम स्वीकृति लिएका छन् ।

गत आर्थिक वर्षको सो अवधिमा भने ५० हजार ६४१ जनाले कतारका लागि श्रम स्वीकृति लिएका थिए । यो तथ्याङ्क हेर्दा पनि पछिल्लो वर्ष कतारमा रोजगारीको आकर्षण घटेको पुष्टि हुन्छ ।

विभागका महानिर्देशक उमाकान्त अर्यालले कतारमा विश्वकपपछि रोजगारीका लागि जाने नेपाली श्रमिकको सङ्ख्या ह्वात्तै घटेको बताउनुभयो । कतारमा अधिकांश निर्माण कम्पनीमा कामको माग हुने गरेको र विश्वकप सकिएसँगै माग घटेकाले कतारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या पनि घटेको उहाँको भनाइ छ ।

विभागका अनुसार कतारका लागि कात्तिक महिनामा चार हजार ३१३ जना असोजमा चार हजार ५८६ जना भदौमा चार हजार ९८४ जना र साउनमा चार हजार ९६९ जनाले श्रम स्वीकृति लिएका छन् । कतारमा रहेको नेपाली दूतावासले पनि विश्वकप सकिएपछि नेपाली मात्रै नभएर सबै आप्रवासी श्रमिकको सङ्ख्या घटेको जनाएको छ ।

कतारमा अहिले कम्पनीले धमाधम श्रमिक कटौती गर्न थालेको कतारबाट फर्केका नेपाली युवाले बताएका छन् । विगत आठ वर्षदेखि कतारमा काम गरेर एक महिनाअघि मात्रै स्वदेश फर्किनुभएका चितवनका विकास खनालले कतारमा अधिकांश कम्पनीले श्रमिकको कटौती गरेको र त्यही कटौतीमै परेर आफू स्वदेश फर्किएको अनुभव सुनाउनुभयो ।

पहिले कतारमा काम र दाम ठीक भएको बताउने उहाँले पछिल्लो समय कम्पनी बन्द गर्ने र श्रमिक कटौती गर्ने क्रम बढेपछि स्वदेश फर्किएको उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu