Connect with us
Kapilvast Forest

ड्यालसमा नेजाको अन्तरक्रिया

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

ड्यालस- टेक्सस नेपाल अमेरिका पत्रकार संघ नेजा ले आसन्न अधिवेशनका बारेमा आइतबार टेक्ससको ड्यालसमा समुदायसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा नेजाको आउँदो मे महिनामा हुन लागेको अधिवेशन अमेरिकाको नेपाली समुदायका मुद्दा मिडियाले उठाउनुपर्ने विषयवस्तुका बारेमा छलफल गरिएको थियो ।

आउँदो मे महिनाको २० र २१ तारिक नेजाको आठौं अधिवेशन टेक्ससको ह्युस्टनमा हुँदैछ कार्यक्रममा समुदायका अगुवाहरुले मिडिया र सञ्चारकर्मीहरुका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै आसन्न अधिवेशनको सफलताको लागि शूभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्षद्वय सुमन थापा र विकास उप्रेती एनआरएनए अमेरिकाका उपक्षेत्रीय संयोजक रामकुमार सुवेदी युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल समाजसेवी प्रभात दीक्षित डा. अर्जुन बञ्जाडे भुवन आचार्य एनआरएन टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेती नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पूर्व अध्यक्ष सुरेशचन्द्र पोखरेल रामहरि अधिकारी जनक भण्डारी पत्रकारहरू रामचन्द्र भट्ट प्रशन एलुङ राई किशन रेग्मी सामाजिक अभियन्ता शंकेस सुवेदी मधुर खरेल अमित शर्मा लगायतले शुभकामना व्यक्त गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu