Connect with us
Kapilvast Forest

दुर्गममा शिविर सञ्चालन

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

बैतडी- जिल्ला अस्पताल बैतडीले पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा एक हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ। गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बालरोग विशेषज्ञ स्त्रीरोग विशेषज्ञ अल्ट्रासाउन्ड सेवा हाडजोर्नी विशेषज्ञ नाक कान र घाँटीरोग विशेषज्ञ र अपाङ्ग पहिचानजस्ता शिविर सञ्चालन भइरहेका छन्।

शिवनाथमा अपाङ्गता पहिचान शिविर सञ्चालन गर्दा अधिकांश बालबालिका सुन्न बोल्न र हिँड्न नसक्ने अवस्थाको जटिल रोग अटिजम बाट ग्रसित भेटिएको डा. थानेश्वर न्यौपानेले बताउनु भएको हो ।

जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठका अनुसार शिवनाथ गाउँपालिकामा अपाङ्गता पहिचान शिविर राख्दा १५५ जना अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य परीक्षण गराएका छन्। तीमध्ये १९ जनाले पूर्ण अशक्तताको अपाङ्ग परिचयपत्र पाएका छन्।

उहाँका अनुसार सो क्षेत्रका धेरैजसो मानिस भारतमा ज्याला मजदुरीका लागि जाने रहेछन्। त्यस्तो घरका बालबालिकामा निमोनिया लागेर उपचार नपाउँदा अटिजम भएको पाइयो। उहाँले भन्नुभयो अधिकांशसँग त लगाउने लुगासमेत थिएन।

अस्पताल आउन गाडीभाडासमेत नभएको थाहा पाएपछि शिविर सञ्चालन गरिएको थियो।” शिवनाथ र पञ्चेश्वर गाउँपालिकापछि बैतडीको अर्को दुर्गम सिगास गाउँपालिकाको गाँजरीमा २६ र २७ गते सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ७८८ जनाले स्वास्थ्य सेवा लिएको गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu