मुसिकोटमा रिक्सा सञ्चालन
रुकुम पश्चिम- रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको हो । जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएका छन्।
नगरपालिकाले विभिन्न छ वटा रुटमा अटो रिक्सा सञ्चालन गर्न अनुमति दिइएको थियो । नगर क्षेत्रमा २४ वटा अटो रिक्सालाई सञ्चालन अनुमति दिने सूचना निकाले पनि सुरुवातमा १९ वटा अटो मात्र सञ्चालनमा आएको नगरपालिकाले जानकारी दिएको छ ।
अटो रिक्सा सञ्चालनका लागि नगरपालिकाले अटो तथा इ–रिक्सा कार्यविधि निर्माण गरेको हो । जस अनुसार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले सोमबार एक कार्यक्रमका बिच अटो रिक्सा सञ्चालनको उद्घाटन गर्नुभएको छ।
नगरपालिकाले बनाएको कार्यविधि अनुसार छिवाङ जिउला–सादनचौर–माछमी हुँदै खलङ्गासम्म स्याउली बजार–सोलावाङ हुँदै खलङ्गासम्म र होल्तारा–झुल्खेत हुँदै खलङ्गासम्म अटो सञ्चालन गर्न दिइने नगरपालिकाका प्रमुख महेन्द्र केसीले जनाए का छन् ।