महिलाको हक स्थापित गर्नेछु : उपराष्ट्रपति पदका उम्मेदवार झा
काठमाडौँ- उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकि छिन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उहाँले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरेकी हुन् ।
उहाँले भन्नुभयो राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
साढे ११ बजेसम्म सङ्घीय संसद् सदस्यतर्फ एक सय ५० र प्रदेशसभा सदस्यतर्फ दुई सय ८६ सदस्यले मतदान गर्नुभएको छ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ ।