सत्ताको रमझममा सेवाग्राहीको सास्ती बिर्सेका : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं- तेस्रोपल्ट प्रधानमन्त्री बन्दैगर्दा पुष्पकमल दाहाल प्रचण्डको सुरुवाती उर्जा हेर्नलायक थियो । उनले विगतमा जस्तो धक्का छलाङ क्रमभंगजस्ता चर्का कुरा गरेनन् बरु जनताले भोगिरहेका दैनन्दिन सास्ती घटाउनु आफ्नो प्राथमिकता भएको संकेत गरेका थिए ।
प्रधानमन्त्री बनेपछिको पहिलो मन्त्रिपरिषद बैठकमा उनले सेवाग्राहीको अत्यधिक भिड हुने कार्यालयहरुको सेवा चुस्तदुरुस्त बनाउने निर्णय लिएका थिए । ९ दिनपछि मूख्यसचिव मन्त्रालयका सचिवहरुलाई १९ पुसमा ३० बुँदे निर्देशन दिँदै उनले राहदानी सवारी लाइसेन्स राष्ट्रिय परिचयपत्र वितरण अस्पतालमा जनताले भोग्ने दुःख मालपोत दस्तुर बुझाउने क्रममा बेहोरेका झञ्झट शिक्षा मन्त्रालयबाट पाइने एनओसी नो अब्जेक्सन सर्टिफिकेट जस्ता सेवा लिने क्रममा जनताले भोगेका सास्ती एक महिनाभित्र हटाउन कडिकडाउ समयसीमा दिएका थिए ।