मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोसी बागमती र गण्डकी प्रदेशका केही भू-भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।