कोशी प्रदेश सरकारबाट बाहिरिन माओवादीको आनाकानी
विराटनगर- कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी नेताहरुले जनाएका छन् ।
एमालेका कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिनेजानकारी दिनुभयो ।