मिथिलामा वासन्ती छठ पर्व सुरु
महोत्तरी- मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ बोलिचालीमा चैती छठ पर्वको विधि आज सुरु भएको छ । चैत शुक्ल चतुर्थी चौथी देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले नहाय–खाय पवित्र स्नान गरेर शुद्ध खाने विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन छ ।