Connect with us
Kapilvast Forest

निजिस्रोतका शिक्षकको माग पूरा नभए तालाबन्दी गर्ने

२०७९, १२ चैत्र आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल– कपिलवस्तुको शिवराज नगरपालिकाको विभिन्न विद्यालयमा निजि स्रोतमा कार्यरत शिक्षकहरुले ज्ञापन पत्र बुझाएका छन् । विद्यालय स्रोत शिक्षक तथा कर्मचारी संघर्ष समितिले ६ बुदे माग राखी शिवराज नगरपालिकामा ज्ञापन बुझाएका छन । निजिस्रोतका शिक्षकहरुले शिवराज नगरपालिकाको नगरप्रमुख अजय थापालाई ज्ञापन बुझाएका छन् ।

विद्यालय व्यवस्थापन समितिको विज्ञापनमा लिखित मौखिक परीक्षामा उत्तिर्ण भई प्रक्रियाबद्ध रुपमा थोरै सेवा सुविधा लिई विद्यालयलाई योगदान पुयाई रहेका हामी विद्यालय स्रोत शिक्षक कर्मचारीहरु विभिन्न पद तह श्रेणीमा कार्यरत रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको शिवराज विद्यालय स्रोत शिक्षक तथा कर्मचारी संघर्ष समितिका अध्यक्ष प्रताप चौधरीले बताउनु भयो ।

हाल नगरपालिकाबाट सञ्चालन हुँदै गरेको निशुल्क शिक्षाले कार्यरत अनुभवी शिक्षक कर्मचारीलाई प्रोत्साहन गरी व्यवस्थापन गरिनु पर्नेमा नगर शिक्षकको नाममा विज्ञापन गरी नयाँ शिक्षक भर्ना गरी पूर्ववत कार्यरत शिक्षक कर्मचारीलाई विस्थापन गर्ने नगरको नीति देखिन आएकोले र विद्यालयले पनि सेवा सुविधा उपलब्ध गराउन नसको अवस्था सिर्जना भएकोले हामी विद्यालय स्रोतमा कार्यरत शिक्षक कर्मचारीको खाईपाई आएको सेवा सुविधा ग्यारेन्टी गर्न नगरपालिका संगै जोडदार माग गरेको उल्लेख गरिएको शिवराज विद्यालय स्रोत शिक्षक तथा कर्मचारी संघर्ष समितिका अध्यक्ष प्रताप चौधरीले बताउनु भयो ।

शिवराज विद्यालय स्रोत शिक्षक तथा कर्मचारी संघर्ष समितिले ६ बुदे माग राखेको छ । माग यस प्रकार रहेको छ ।
१) यस नगरपालिकामा लागु हुँदै गरेको निःशुल्क शिक्षा सञ्चालनमा यस नगरभित्र विद्यालय स्रोतमा कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन सम्बन्धमा नगरपालिकाको स्पष्ट धारणा सर्वजानिक गरियोस् ।

२) शिवराज नगरभित्र सञ्चालित विद्यालयहरुमा विद्यालय स्रोतबाट सुविधा लिने गरी नियुक्त शिक्षक कर्मचारीको लागत संकलन गरी दिगो व्यवस्थापन गरियोस् ।

३) शिवराज नगरमा कार्यरत विद्यालय स्रोत शिक्षक कर्मचारीहरुलाई कुनै पनि बहानामा निस्कासन गर्न पाइने छैन ।

४) शिवराज नगरपालिकामा विद्यालय स्रोत तलब भत्ता खाने गरी नियुक्त भई शिक्षक तथा कर्मचारीलाई कार्यरत तह श्रेणीमा निसतं व्यवस्थापन गरियोस ।

५) विद्यालय स्रोत शिक्षक कर्मचारीको नगर शिक्षामा गरिएको योगदानको कदर गरी सरकारी सरह सेवा सुविधाको ग्यारेन्टी गरियोस् ।

६) माग सुनुवाई नभए मिति  २०७९\१२\१३ गतेदेखि विद्यालयमा तालावन्दी गरिनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu