Connect with us
Kapilvast Forest

नियमावली पारित गर्न सहमतिको खोजी

२०७९, १३ चैत्र सोमबारमा प्रकाशित

काठमाडौँ- प्रतिनिधि सभाको कार्यसञ्चालन नियमावलीलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन प्रमुख राजनीतिक दल सकारात्मक देखिएका छन्। प्रचलित मान्यता र यसअघिका व्यवस्थामा रहेका सभामुखका विशेषाधिकारसमेत कटौती गर्ने गरी सत्तापक्षका सांसदले संशोधन दर्ता गरेपछि नियमावली पारितको बाँकी प्रक्रिया अघि बढेको छैन।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले नियमावलीमा सहमति खोज्न पहल सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयोपरेका संशोधनबारे संशोधनकर्ता सदस्य र दलका प्रमुख सचेतक तथा सचेतकसँग परामर्श भएको हो। अब राजनीतिक दलमा आन्तरिक रूपमा परामर्श भएपछि पुनः छलफल हुनेछ।

संशोधनलाई सहमतिमा टुङ्गो लगाएर पारित गर्न सभामुख देवराज घिमिरेको पहलमा राजनीतिक परामर्शसमेत सुरु भएको छ। आइतबार राजनीतिक दलका प्रमुख सचेतक, सचेतक र संशोधनकर्ता सदस्यसँग परामर्श सुरु भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu