स्याङ्जामा २९ प्रतिशत बेरोजगार
स्याङ्जा- लोक सेवा आयोगमा देशमै पहिलो स्थानमा रहेको स्याङ्जामा पछिल्लो जनगणनामा २८.६४ प्रतिशत नागरिक बेरोजगार देखिएका छन् । २०७८ को जनगणनामा दुई लाख ५३ हजार २४ जनसङ्ख्या रहेको यहाँ जनगणनाको समयमा १० वर्ष पुगेकाले १२ महिनासम्म कुनै पनि काम नगरेको जनसङ्ख्या जिल्लामा ठुलो देखिएको हो । जनगणना समय अघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४७३ जना बेरोजगार रहेका हुन् ।
काम गर्न सक्ने मध्ये कै २९.५ प्रतिशत अर्थात् ६३ हजार ८ सय ६५ जना आर्थिक रूपमा बेरोजगार रहेको गणनाको तथ्याङ्कमा उल्लेख गरिएको छ । काममा संलग्न हुनसक्ने उमेर भए पनि एक हजार ९२५ जनाले कामको श्रोत नखुलाएकोतथ्याङकमा मा उल्लेख गरिएको छ ।
यहाँ एक लाख दुइ हजार ७८६ जनाले मात्रै प्रायः सक्रियता पूर्वक काम गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सक्रिय सङ्ख्या ४८ हजार २ सय १३ जनाले कहिले काँही काममा सक्रियता देखाउने गरेको तथ्याङ्कमा सार्वजनिक गरिएको छ ।
काम गर्न सक्ने दुई लाख १६ हजार ७८९ भए पनि २६ हजार ९०८ जनाले तीन महिना कम र तीन महिना भन्दा बढी अर्थात् छ महिना भन्दा कम २७ हजार ९९४ जनाले कुनै न कुनै काम गरेका छन् । छ महिना भन्दा बढी आर्थिक काम गर्नेको सङ्ख्या ८९ हजार ४ सय १४ जना रहेको छ ।