Connect with us
Kapilvast Forest

भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ

२०७९, १४ चैत्र मंगलवारमा प्रकाशित

नेपालगञ्ज- रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ । गत केही दिनयता भारतबाट फर्किनेहरूमा दैनिकजसो कोभिड सङ्क्रमित फेला पर्न थालेपछि कोरोना परीक्षण बढाउनुका साथै आउनेहरूमाथि कडा निगरानी थालिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

बाँकेमा गत केही महिना यता कोभिडका बिरामीहरू फेला परेका थिएनन् । तर हाल आएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । नाकामा परीक्षण गर्दा सङ्क्रमित भेटिन थालेपछि नाकामा कडाइ गरेर परीक्षणलाई बढाइएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

हाल आएर दैनिकजसो कोभिडका बिरामी नाकामा फेला परिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुका साथै नेपाल आउनेहरूलाई विशेष रूपमा सोधपुछ गर्ने तथा स्वास्थ्य अवस्थाको जानकारी लिने काम भइरहेको जमुनाहा प्रहरीका प्रहरी निरीक्षक दामु पुनले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu