Connect with us
Kapilvast Forest

मेयर थापालाई स्थानियले बुझाए ध्यानाकर्षण पत्र

२०७९, १४ चैत्र मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तु शिवराज नगरपालिकाले चन्द्रौटा बजार स्थित निर्माण गर्न भनेको सार्वजनिक शौचालय अन्यत्र बनाउन स्थानियले अनुरोध गरेका छन । चन्द्रौटामा रहेको सन्जीवनी समुदायिक अस्पताल, मदरसा जियाउल उलुम र मदरसा उस्मान बिन आफ्फानको छेउमा सार्वजनिक शौचालय नबनाउन स्थानियले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

शिवराज नगरपालिकाले स्थानियसगं कुनै सरसल्लाह नै नगरी एकलौटी तवरले स्मार्ट शौचालय बनाउन योजना अघी सारेकोले स्थानियले शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।
लगभग सयौँको सख्यामा व्यापारिहरु ब्यपार गर्दै आइरहेको दक्षिण रहटकोल जाने सडकको छेउमा र चारैतिर आवतजावत गर्ने सडकको किनारमै शिवराज नगरपालिकाको लगानिमा शौचालय निमार्ण गर्ने योजना अघि सारेकाले हाम्रो गम्भिर ध्यान आकर्षण भएको भन्दै व्यापारीहरुले ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिएका छन ।

अस्पताल, स्कुल मदरसा, मस्जिदको आफ्नै शौचालय रहेको अवस्थामा नगरपालिका कुनै जानकारी बिना कुनै किसिमको सरसल्लाह नै नगरि अर्कै शौचालय बनाउने योजना एकदम गलत रहेको हाम्रो ठहर रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

अस्पताल, मस्जिद, मदरसा जस्तो पबित्र स्थानमा शौचालय बनाउने कार्य तत्काल बन्द गरी अर्को अचित स्थानमा शिवराज नगरपालिकाले व्यवस्थित शौचलय बनाउन जोडदार माग गर्दछौँ भनी स्थानियले समुहिक हस्ताक्षर गरी ध्यानाकर्षण पत्र बुझाएका छन ।

उक्त ध्यानाकर्षण पत्र कपिलवस्तु क्षेत्र नं ३ (क) का प्रदेश सभा सदस्य अर्जुन कुमार केसी र शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नेत्र प्रसाद वेल्वासेलाई बोधार्थ समेत दिएका छन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu