बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु न्यूनतम साझा कार्यक्रमबारे छलफल
काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको छ । सरकारको न्युनतम साझा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बसेको एक नेताले जानकारी दिए ।
१० पुसमा बनेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनअघि टुटेपछि नयाँ गठबन्धनले आफ्नो न्युनतम साझा कार्यक्रम बनाउने तयारी गरेको छ । न्युनतम साझा कार्यक्रममा सहमति जुटेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने गठबन्धन दलमा आवद्ध नेताहरुले बताएका छन् ।