सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी
काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुन आवश्यक रहेको बताउनुभएको छ । बुधवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनमा बोल्दै तीन तहका सरकारसँग समन्वयकारी भूमिका खेल्न दोहोरो समन्वय हुनुपर्ने बताउनुभएको हो ।
उहाँले प्रदेश र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन केन्द्र सरकारसँग दोहोरो समन्वय बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकमा ५३ हजार कर्मचारीको दरबन्दी भए पनि दुई हजार मात्रै कर्मचारी स्थानीय तहको रोजाइमा पर्ने गरेको बताउनुभयो ।