Connect with us
Kapilvast Forest

फिल्म कैदिको पत्रको पहिलो गीत सार्वजनिक

२०७९, १५ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- फिल्म कैदिको पत्रको पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी वैशाख १५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मले मेरो दिलको तालमा बोलको गीत सार्वजनिक गरेको हो ।गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीको सङ्गीत छ ।

यस्तै गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु कुनाल विश्व र व्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय छ । गीतको अङ्ग्रेजी लाइन निखिल गोतामेले लेख्नुभएको हो भने कबिराज गहतराजको कोरियोग्राफि छ ।

प्रेम र रोमाञ्सको कथामा बनेको यो फिल्ममा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाईहरु देख्न पाइने निर्देशक सनम कुमार बैरागले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu