Connect with us
Kapilvast Forest

चितवन २ र तनहुँ १ को उपनिर्वाचनका लागि कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

२०७९, १६ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–२ र तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चितवन २ बाट जितनारायण श्रेष्ठ र तनहुँ १ मा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकमा मिटरब्याजीको समस्यालाई तत्काल समाधान गर्ने कुरामा पनि छलफल भएको प्रवक्ता महतले बताउनुभयो । उहाँले पार्टीको गम्भीर ध्यानाकर्षण भएकाले सरकारले तत्काल समाधानका लागि तत्परता देखाइ समाधान गर्ने विषयमा निर्णय भएको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँगको कुरा गर्नुहुँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुङ्ग्याउने निर्णय भएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu