Connect with us
Kapilvast Forest

मिटरब्याजी पीडकलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्छ : सदस्य शर्मा

२०७९, १६ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सदस्य शर्माले मिटरब्याजी पीडितहरू आन्दोलित भइरहेको उल्लेख गर्नुहुँदै मिटरब्याज पीडकहरूलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले पीडकहरूलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनमा ध्यान दिन सरकारलाई अनुरोध पनि गर्नुभयो । यसलाई कानुन बनाएर कानुनसम्मत ढङ्गले त्यसलाई नियन्त्रण गर्नुपर्ने र यो प्रणाली यो प्रक्रियालाई अगासड बढ्न नदिन यसलाई प्रोत्साहित नगर्नका निमित्त नेपाल सरकारसँग विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु ।

उहाँले भन्नुभयो नेपाल राष्ट्रिय पुस्तकालयको हेरविचार गर्नुपर्ने देखिन्छ । धमिरा लागेको छ । धुलोले नष्ट गरेको छ । त्यसको स्थायी रूपले व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu