Connect with us
Kapilvast Forest

राजनीतिक दलको भूमिका बदलिनुपर्छ : सञ्चार मन्त्री शर्मा

२०७९, १७ चैत्र शुक्रबारमा प्रकाशित

भैरहवा- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलहरुको भूमिका अब बदलिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले राजनीतिक क्रान्ति पूरा भएको अवस्थामा अब विकास निर्माण र जनताका आकांक्षा पूरा गर्नेतर्फ दलहरुले भूमिका खेल्नुपर्ने जानकारी दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो हिजो राजनीतिक दलहरु परिवर्तनको आन्दोलनको भूमिकामा दिए मुलुकमा व्यवस्था परिवर्तन भएसँगै अब यसलाई संस्थागत गर्न र जनताका आकांक्षा परिवर्तन गर्न दलहरुले विगतको भूमिका बदल्नुपर्छ । मन्त्री शर्माले आम सञ्चार क्षेत्रको नीति तर्जुमा गर्नका लागि राष्ट्रिय मिडिया सम्मेलन महत्त्वपूर्ण कोशेढुङ्गा हुने पनि बताउनुभयो । सरकारले अब आगामी वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा लागेको अवस्थामा मिडिया सम्मेलनले सञ्चारमन्त्री नीति तर्जुमा गर्न सघाउ पुग्ने उहाँको भनाइ छ ।

राजनीतिक र पत्रकारिता क्षेत्र एक अर्काका परिपुरक रहेको बताउनुहुँदै मन्त्री शर्माले भन्नुभयो आम सञ्चार क्षेत्र र राजनीतिक क्षेत्र एक अर्काका परिपुरक हुन् दुवै क्षेत्रले परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुराएका छन् अबका दिनमा पनि यी दिई क्षेत्रले अझै महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी छ ।

जनताको आकांक्षा र सपना बदल्ने कुरातर्फ राजनीतिक दलहरुले ध्यान दिनुपर्ने र यसतर्फ मिडियाले खबरदारी गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ । उहाँले सरकार र सार्वजनिक निकायमा रहेका व्यक्तिहरुलाई मिडियाले खबरदारी गर्ने हो भने उनीहरुलाई जवाफदेही बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. महेन्द्र विष्टले पत्रकारितामा विश्वसनीयताको सङ्कट रहेको भन्दै अब प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए ।

सल्लाहकार तथा निवर्तमान अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता शुद्धीकरण आवश्यक रहेको बताउनुभयो । सल्लाहकार निर्मला शर्माले पत्रकारितामा महिला सहभागिता बढाउनका लागि सबै तहका सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu