अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं- उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने जानकारी दिनुभएको हो । शुक्रबार काठमाडौंमा भएको २४ औं पुष्प प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरेर अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्ने विषयमा सहमत रहेको बताए ।
उहाँले वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनुरुप सरकारले सकारात्मक रुपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रमा सुधार र विकास निमार्णलाई गुणात्मक बनाउन मेहनत आवश्यक रहेको जानकारी दिनुभयो ।