१० वर्षपछि गृह मन्त्रालयको नेतृत्वमा नारायणकाजी
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार सम्हालेका छन् । ११ पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृहको जिम्मेवारी दिएका हुन् ।
उनले शुक्रबार नै गृहमन्त्रीको पदभार सम्हालेका छन् उनी गृह मन्त्रालयको नेतृत्वमा १० वर्षपछि फर्किएका श्रेष्ठ ०६८ मा केही दिन गृहमन्त्री बनेका थिए । १६ साउन २०६८ देखि ३ भदौ २०६८ सम्म गृहमन्त्री रहेका श्रेष्ठले फेरि गृहमा फर्किएपछि भनेका छन्१० वर्षपछि गृह मन्त्रालयमा फर्किएको छु ।