Connect with us
Kapilvast Forest

कारागारका थुनुवा कैदि फरार

२०७९, २५ चैत्र शनिबारमा प्रकाशित

file photo

बर्दिबास- स्वास्थ्य परीक्षणका लागि जनकपुर लगिएका जलेश्वर कारागारका एक थुनुवा फरार भएका छन् । हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लोहरपट्टी नगरपालिका ९ खुट्टापिपराडीका २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य क्लिनिकबाट शुक्रवार अपराह्न फरार भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खुट्टामा समस्या आएको बताएपछि यादवलाई अन्य ५ जना बिरामी कैदीसाथ स्वास्थ्य जाँचका लागि उक्त क्लिनिक लगिएको थियो । शौचालय जाने बहानामा यादवले भेन्टिलेसन फुटाली फरार भएको जिल्ला प्रहरीका प्रवक्ता तथा डिएसपी दिलीप गिरीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu