Connect with us
Kapilvast Forest

दिदीबहिनी हत्या प्रकरण: दुई बालिका पक्राउ

२०७९, २७ चैत्र सोमबारमा प्रकाशित

रुकुमपूर्व- जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –३ रन्मामा एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीको हत्यामा संलग्न दुई बालिका रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यही चैत २१ गते मङ्गलबार दिउँसो सिस्नो टिप्न भनी घरबाट निस्किएका दिदीबहिनी १० वर्षीया रिना र ८ वर्षीय कालीमाया बुढा भोलिपल्ट बिहान सोही स्थानको घ्याङरजुङ जङ्गलको भीरमा मृत भेटिएका थिए ।

त्यसपछि प्रहरीले थालेको अनुसन्धानबाट घटनामा संलग्न देखिएको आरोपमा दुई बालिकालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको दुई बालिकालाई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताउनुभयो । अहिलेसम्मको अनुसन्धानबाट मृतक दुई बालिकासँग रहेको सुनका गहना लिनका लागि दुई बालिकाले उनीहरूमाथि आक्रमण गरेको र त्यसपछि हत्या गरेर भीरबाट लडाइदिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu