Connect with us
Kapilvast Forest

मधेस प्रदेशको प्रदेश सभा बैठक बस्दै

२०७९, २७ चैत्र सोमबारमा प्रकाशित

धनुषा- मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हो । गत फागुन ४ गतेपछि प्रदेश सभा बैठक बस्न सकेको थिएन । राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनका कारण पनि प्रदेश सभा बैठक बस्न सकेको थिएन ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार पुरानो बक्यौता रकमबारे पनि कार्यसूची रहेको छ । बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि उपसभामुख बबिता राउतको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो ।

उपसभामुख राउतले भने राजीनामा दिइसक्नुभएको छ । त्यसपछि सर्वसहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा की सांसद रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो । समितिको म्याद सकिएकाले बैठकबाट त्यसको निर्णय गरिनेछ । सचिव यादवले सरकारले खेलकुदसम्बन्धी विधेयक प्रदेश सभामा पठाएको जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu