Connect with us
Kapilvast Forest

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

२०७९, २९ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ। ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गर्नुभयो। उहाँले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सुदर्शन मिश्र, शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जनसहित ३९ जना एमालेमा प्रवेश गर्नुभएको थियो। उहाँहरू सबैलाई महासचिव पोखरेलले टीका लगाइ एमालेमा प्रवेश गराउनुभयो।

महासचिव पोखरेलले एमालेलाई संविधान मान्दैन भनेर व्याख्या गर्ने कोसिस भइरहेको भनाइ राख्नुभयो। “एमाले संविधान मानेन भनेर व्याख्या गरिरहेका छन्। यो भन्दा मजाकको कुरा के हुनसक्छ उहाँले भन्नुभयो संविधान बदल्न नमिल्ने चिज पनि होइन।

उहाँले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको धारणा राख्नुभयो। “साना राजनीतिक दल अस्तित्वमा रहँदा जनमत विभाजन हुने र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुनेगर्दछ उहाँले भन्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu