युवामार्च पास तथा जनभेटघाट अभियानलाई चन्द्रौटामा स्वागत
न्युज सेन्टर नेपाल-
नेपाल कम्युनिष्ट पार्टीको युवा संगठनले युवामार्च पास तथा जनभेटघाट अभियान सुरु गरेको छ ।
कपिलवस्तुको कोइली बनगाईबाट चैत २४ गते सुरु भएको अभियान आज ६ दिनमा कपिलवस्तुको चन्द्रौटा आइपुगेको हो । पुर्वी कपिलवस्तुमा ६ दिन अभियान संचालन भएको हो । अब पश्चिम कपिलवस्तुमा एक हप्ता सम्म अभियान जारी रहनेछ ।
अभियानले एमसिसिको विरोध, मिटरब्याजी, धुतघोरको भण्डाफोर, लघुबित्तको चर्को ब्याज फिर्ता र संगठन निर्माण गर्ने छ ।
युवा मार्च तथा जमभेटघाट अभियानको संयोजक सागर सिले नेतृत्व लिनु भएको छ ।
पश्चिम लुम्बिनी ब्युरोका जिल्लाहरुमा अभिया संचालन हुने छ । अभियान १ महिनासम्म संचालन हुनेछ ।
शिवराज नगरपालिका चन्द्रौटामा अभियानलाई स्वागत गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसाल, पश्चिम कपिलवस्तुका जिल्ला अध्यक्ष हेमन्त सी, जिल्ला सचिव पाबेल सीले स्वागत गर्नु भएको हो ।
अभियानमा ३३ जना सहभागी हुनु भएको छ ।