Connect with us
Kapilvast Forest

शुक्लाको अध्यक्षतामा भुपु सशस्त्र प्रहरी सघं गठन

२०७९, ३० चैत्र बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी– कपिलवस्तुमा भुपु सशस्त्र प्रहरी सघं गठन गरिएको छ ।
अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको भेलाले नेपाल भुपु एवम् पुर्व सशस्त्र प्रहरी सघंको कपिलवस्तु तसर्थ समिती गठन गरिएको हो
पुर्व सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निरंकर नाथ शुक्लाको अध्यक्षतामा नेपाल पुर्व सशस्त्र प्रहरी सघं कपिलवस्तु गठन गरिएको छ ।
उक्त सघंको उपाध्यक्षमा पुर्व सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर पाण्डे, पुर्व सशस्त्र प्रहरी नायब उपरीक्षक बासुदेव कुवाँर, सचिवमा पुर्व सशस्त्र प्रहरी वरिष्ठ हवल्दार अर्जुन प्रसाद बेल्बासे, सहसचिवमा पुर्व सशस्त्र प्रहरी वरिष्ठ हवल्दार हिरा गिरी, कोषाध्यक्षमा पुर्व सशस्त्र प्रहरी नायब निरीक्षक यादब प्रसाद अधिकारी, सहकोषाध्यक्षमा पुर्व सशस्त्र प्रहरी नायब निरीक्षक सुर्य प्रकाश पौडेल रहनु भएको छ ।
सदस्यहरुमा पुर्व सशस्त्र प्रहरीका कर्मचारीहरु लोक बहादुर हमाल, राम निवास पुरी, तारा केसी, टोपलाल भुसाल रहनु भएको सचिव अर्जुन प्रसाद बेल्बासेले जानकारी दिनु भयो । नव गठित सघंले विभिन्न पद बिभाजन गरेको छ । नव गठित नेपाल पुर्व सशस्त्र प्रहरी सघं कपिलवस्तुले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu