Connect with us
Kapilvast Forest

बिदाको दिन पनि प्रशासन कार्यालय कपिलस्तुद्धारा सेवा प्रदान

२०८०, २ बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तु-
जिल्लाका अन्य कार्यालयका कर्मचारीहरुले नया बर्षको बिदा मनाईरहा प्रशासन कार्यालयका कर्मचारीहरु भने आफनो कार्यमा अन्य दिन जस्तै खटेका थिए । प्रशासन कार्यालयका प्रजिअ सहीत १० जना कर्मचारीहरु नया बर्षमा पनि नागरिकहरुलाई प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवाहरु दिन दिनभर नै ब्यस्त थिए । शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्रको सेवा दिने भन्दै एक साता अघि प्रशासन कार्यालयले सार्वजनिक सुचना जारी गरेको थियो ।जिल्ला प्रशासन कार्यालय कपिलवसतुले सेवाग्राहीको स्ुबिधालाई मध्यनजर गरी सार्वजनिक बिदाको दिन पनि सेवा उपलब्ध गराएको हो ।

जिल्ला मै पहिलो पटक नयाँ बर्ष नागरिकहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन समेत प्रशासन कार्यालयले सेवा दिन कार्ययोजना बनाईएको प्रजिअ शंकरहरि आचार्यले बताए । ‘ नागरिकहरुको सेवा सुबिधालाई मध्यनजगर गर्दै शनिवारका दिन बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि सेवा दिन कार्ययोजना नै बनाएका छौ ’ उनले भने । पहिलो चरणमा नया बर्ष बैशाख १ गते, बैशाख १८ गते बिश्व मजदुर दिवस, बैशाख ३२ बुद्धजयन्ती र जेठ १५ गणतन्त्र दिवसका दिन समेत कार्यालय संचालन हुने सुचना जारी गरिएको छ ।

बिदाका दिन समेत सेवा दिन प्रशासन कार्यालयका कर्मचारीलाईृ पालौपालो खटाईने गरी ब्यवस्था मिलाइएको छ । बैशाख १ गतेका दिन ७४ जना सेवाग्राहीले बिभिन्न खालको सेवा लिएको प्रशाकीय अधिकृत गौतम बुढामगरले बताए । बैशाख १ गते बिदाका दिन समेत सेवा पाउदा सेवाग्राही दंग परेका छन । अन्य दिनको समय भन्दा बिदाको समयमा भने सजिलरी सेवा पाएको सेवाग्राही बताउछन । नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्रमा अन्य दिन भन्दा छिटो र सजिलरी सेवा पाएका थिए ।

नया बर्षका दिन पासपोर्ट लाइभईलरोलमेन्ट २३ जना, पासपार्ट बितरण २४ जना, पासपोर्ट भर्नकालागि नाम नामेसी लोख्ने कार्य ८ जना, राष्ट्रिय परिचय पत्र एनआइएम खोज्ने कार्य ३ जना नया नागरिकता ४ र प्रतिलिपी नागरिकता ३ जनाको प्रदान गरिएको छ । उता प्रशासन कार्यालयले बिद्युतीय अनलाईन राहदानी भर्ने काम समेत प्रशासन कार्यालय भित्रै निःशुल्क भर्ने ब्यवस्था समेत मिलाइएको सहायक प्रजिअ अनिल पौडेलले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu