Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरी हवल्दारले आफैँलाई हाने गोली

२०८०, ४ बैशाख सोमबारमा प्रकाशित

दाङ- दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका– ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका हुन्।

आफैलाई गोली हानेका केसीको घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब पाँच दिन अघि मात्र कपिलवस्तुबाट आएका थिए । केसी ४८ नम्बर रिजर्व गुल्म कपिलवस्तुमा कार्यरत थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu