Connect with us
Kapilvast Forest

कपिलवस्तुको भीषण आगलागी २६ घरगोठ नष्ट

२०८०, ७ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन । गाउँपालिको वडा नम्बर ५ सिसवामा बिहीवार बिहान ११ बजेदेखि सुरु भएको आगो ३ घन्टा पछि नियन्त्रणमा आएको वडा अध्यक्ष अनवर मुसलमानले बताए । फुसको ९ ओटा पूर्ण घर १७ ओटा आंशिक गरि २६ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

आगोले खाद्यान्न लत्ताकपडा कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । आगलागीमा परि एउटा पाडो जलेर मरेको उनले बताए । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताए ।

कुसुम पासिको घरवाट सुरुभएको आगोले गाउमा भएका फुसका घरगोठ जलेका हुन । आगलागीका कारण १ करोड भन्दा बढीको क्षेती भएको वडा अध्यक्ष मुसलमानले बताए ।
आगलागीको कारण अहिले खुल्न सकेको छैन ।

शिवराज नगरपालिका कृष्णनगर नगरपालिका प्रहरी सशस्त्र प्रहरी जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रण आएको हो । आगलागी स्थलमा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी यादव पुगेका छन । अग्निपीडितको लागि राहत व्यवस्थापन गर्ने यादवले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu