Connect with us
Kapilvast Forest

अर्थमन्त्रीले बनाए विज्ञ सल्लाहकार समूह

२०८०, ७ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारका रुपमा विज्ञहरुको एक समूह तयार गरेका छन् । अर्थमन्त्री महतले डा. विश्वनाथ पौडेल डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् ।

अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिने छन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो । डा. पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुन् ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख भएर काम गरिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन् । भट्ट राष्ट्र बैंकको प्रवक्ताको भूमिकामा समेत छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu