इदुल फित्र मनाइँदै : फोटा फिचर
काठमाडौं- आज शनिबार इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले इदुल फित्र पर्व मनाएका छन् । यी समुदायले एक आपसमा शुभकामना साटासाट गर्दै बिहानैदेखि पर्व मनाउन शुरु गरेका छन् । एक महिनासम्म चल्ने रमजान पर्वमा मुसलमान समुदायका मानिसहरू दिनमा निराहार बस्छन् ।

बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहार बसी सूर्यास्त भएपछि एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेन्डर अनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।

रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
