Connect with us
Kapilvast Forest

अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी छु : रवि लामिछाने

२०८०, १० बैशाख आईतवारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।

चितवनका पत्रकारहरुसँग कुरा गर्दै उनले सकारात्मक प्रतिक्रिया पाइरहेकाले आफू आशावादी रहेको बताए । उनले भने, ‘मेरो हृदयले शुभदिन भन्छ । बिहानैदेखि उत्साह देखिएको छ । जुन प्रतिक्रिया प्राप्त गरेको छु, एकदम सकारात्मक रुपले लिएको छु । त्यसैले नतिजा असाध्यै उत्साजनक हुनेछ । अघिल्लोपटकको भन्दा पनि राम्रो हुन्छ भन्ने मैले अनुमान गरेको छु ।’

अघिल्लो पटकको भन्दा पनि मत बढ्छ भन्ने लाग्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मैले त्यस्तो अपेक्षा गरेको छु ।’ आफ्ना कोही कार्यकर्ताहरु नभएको भन्दै उनले मतदाताले विवेकपूर्ण ढंगले मतदान गर्ने विश्वास व्यक्त गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu