Connect with us
Kapilvast Forest

पाल्पामा बस दुर्घटना एकको मृत्यु, घाइतेहरूको सङ्ख्या ३६ पुग्यो

२०८०, १० बैशाख आईतवारमा प्रकाशित

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ –५, जोरधारा नजिकै भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह –३, का ३५ वर्षीया राधिका पौडेल रहनुभएको छ । पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ३६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते हुनेमा बालबालिका पनि रहेको उहाँले बताउनुभयो ।

घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेलाई प्रहरी, सेना, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको छ । आइतबार बिहान बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ् हिँडेको लु १ ख ५९५६ नम्बरको बस बिहान ९:१५ बजेतिर दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन् । बस सडकदेखि ८० मिटर तल खसेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu