Connect with us
Kapilvast Forest

एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्कियो

२०८०, १९ बैशाख मंगलवारमा प्रकाशित

बुटवल- कालोपत्रे भएको बाटोमा हिँड्ने सपना बुनेर रुपन्देहीको कञ्चन गाउँपालिका ५ का बासिन्दा लाखाैँ रकम उठाएर निर्माण गरेको सडक एक वर्ष नपुग्दै भत्केको छ।

कञ्चन गाउँपालिका ५ को शिव मन्दिरदेखि शान्तिबजार जाने सडक कालोपत्रे गरिएको एक वर्ष नपुग्दै भत्किएपछि ऋण काढेर रकम सङ्कलन गरेका यहाँका बासिन्दाले बनाएको बाटोको सपना चकनाचुर भएको छ।

करिब पाँच सय मिटर सडक गत वर्ष यही समयमा कालोपत्रे गरिएको थियो। स्थानीय बासिन्दाले घरआँगनकै सडक कालोपत्रे हुने भएपछि भैँसी बेचेरै जग्गाको क्षेत्रफलअनुसार लागेको रकम जम्मा गरेको बताएका छन्।

स्थानीय बासिन्दाले उपभोक्ता समिति गठन गरी २०७८ साल चैत २९ गते निर्माण सुरु गरेर सडक कालोपत्रे गरेका थिए। सडक बनाउन करसहित २६ लाख १८ हजार पाँच सय १० रुपिया खर्च भएको थियो। यो सबै रकम स्थानीय बासिन्दाले हरेक घरघरबाट सङ्कलन गरेका हुन्।

स्थानीय समाजसेवी रामप्रसाद आचार्यका अनुसार बाटो कालोपत्रे हुने भएपछि एक जना उपभोक्ताको २५ हजारदेखि ९० हजारसम्म खर्च भएको थियो। उहाँले सडक निर्माण भएको वर्षदिन नहुँदै भत्किएपछि स्थानीय बासिन्दा चिन्तित भएको बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu