Connect with us
Kapilvast Forest

बढ्यो चिकित्सकको शुल्क

२०८०, १९ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौँ- चिकित्सकहरूको परामर्श ओपीडी शुल्कमा पुनरवलोकन गरिएको छ । जेठ १ गतेदेखि लागू हुनेगरी चिकित्सकहरूको ओपीडी शुल्कमा वृद्धि गरिएको हो। चिकित्सकहरूको योग्यताका आधारमा नयाँ शुल्क पुनरवलोकन गरिएको हो।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले दुई वर्षअगाडि नै मन्त्रालयले चिकित्सक सङ्घलाई दुई–दुई वर्षमा शुल्क पुनरवलोकन हुनेगरी सहमति दिइसकेको बताउनुभयो। नेपाल चिकित्सक सङ्घ र निजी अस्पतालहरूको सङ्गठन अफिनको संयुक्त बैठकले शुल्क पुनरवलोकन गरी बढाउने निर्णय गरेको हो।

पुनरवलोकन गरिएको नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४२० रुपियाँ लिन पाउनेछन्। यस्तै पाँच वर्षभन्दा माथिकाले ५१५ रुपियाँ ओपीडी शुल्क लिन पाउनेछन्।

एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले पाँच वर्षभन्दा कम अनुभव भएकाले ५९० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपियाँ शुल्क लिन पाउनेछन्।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले नेपाल चिकित्सक सङ्घ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिनको बैठकले चिकित्सकहरूको ओपीडी शुल्क बढाउने निर्णय गरेको जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu