Connect with us
Kapilvast Forest

जलवायु परिवर्तनको चपेटामा कर्णाली

२०८०, २१ बैशाख बिहीबारमा प्रकाशित

सुर्खेत- कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ। कृषि र वनस्पतिमा मात्र नभई प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन थालेको विज्ञहरू बताउँछन्।

अनुसन्धानकर्ता भूपेन्द्र शाहीका अनुसार पछिल्लो समय हिमाली क्षेत्रका नदीनाला सुक्दै जानु, हिउँ पर्ने क्रम पनि कम हुनु, खेतीबालीमा रोगकीराको प्रकोप बढ्नु जलवायु परिवर्तनको असर हो।

हिमालको हिउँ पग्लने क्रम बढ्नु, हिउँ पर्ने क्रम रोकिनु, सानातिना नदीनाला सुक्दै जानु, बढ्दो तापक्रमले परिवर्तन ल्याएको छ। कर्णाली जलाधारमा पनि प्रत्यक्ष प्रभाव देखिएको उहाँले बताउनुभयो।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले जलवायु परिवर्तनले पार्ने असरमा कर्णाली अग्रपङ्क्तिमा रहेको बताउनुभयो। उहाँका अनुसार नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu