Connect with us
Kapilvast Forest

कपिलवस्तु विकास समिति गठन गर्न आवश्यक- मेयर पौडल

२०८०, २१ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले छुट्टै कपिलवस्तु विकास समिति गठन नभै प्राचिन नगरीकारुपमा रहेको प्राचिन शहरको विकास नहुने ठहर गरेका छन । प्राचिन कपिलवस्तुलाई राज्यले समेत उपेक्षा गरी रहेको भन्दै उनले कपिलवस्तुको समग्र विकासकालागि कपिलवस्तु विकास समितिको गठन आवश्यक रहेको बताए । सरकारले लुम्बिनी विकास समिति गठन गरी कपिलवस्तु नवलपरासी र रुपन्देहीमा रहेको बुद्ध स्थलको संरक्षण र विकास गर्दै आएको छ ।

२५६७ औ बुद्धजयन्तीका अवसरमा सदरमुकाम तौलिहवामा लायन्स क्लव अफ कपिलवस्तु प्राचिनद्धारा आयोजत कार्यक्रममा किताब र साहित्य लेखनमा कपिलवस्तु र बुद्ध शिक्षाको विकासमा योगदान दिएका श्रष्टालाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । ‘ जन्मेको भन्दा बसेको ठाउको महत्व हुन्छ तर राज्यले किन कपिलवस्तुलाई उपेक्षा गरी रहेको छ मैले बुझनै सकिन ’ उनले भने ।

आफुले केन्द्रिय अध्यक्ष लगायतका नेताहरुसंग भेटघाट कार्यक्रममा यस बारे कुरा राख्दा उहाहरुले भारतीय प्रभावको कारण कपिलवस्तुको विकास हुन नसकेको बताउने गरेको खुलाए । लुम्बिनी र भारतले पिपराहवा बनाएको नक्कली कपिलवस्तुका कारण खुला संग्रहालयकारुपमा रहेको प्राचिन कपिलवसतु ओझालेमा पर्दै आएको उनले बताए । ‘ मोदीले लुम्बिनीको बारेमा कुरा गरे पनि तिलौराकोटको बारेमा एक शब्द बोल्नु हुदैन ’ उनले भने । तिलौराकोटको विकास हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्दैै उनले तिलौराकोटमा आउने पर्यटकहरुले फोहर मात्र फालेर जाने गरकाले पर्यटकीय लाभबाट समेत बंचित हुन पुगेको बताए ।

तिलौराकोट बिश्व संपदा सुचीमा सुचीकृत भए यसको विकास हुने उनले बताए । तिलौराकोटको विकासका योजनाहरु लागु भए यसले विकासको गति लिने उनले बताए । सो अवसरमा बौद्ध शिक्षा, साहित्य एवं किताब लेखनको माध्यमले राजधानी कपिललस्तुको प्रचार प्रसार तथा बौद्ध शिक्षाको बिस्तारमा कदर पुरिेयाएको भन्दै ७ जनालाई सम्मानित गरिएको थियो । साहित्यकार पशुपतिमणि त्रिपाठी चर्तुभुज पाण्डेय, श्याम प्रकाशलाल श्रीवास्तव, बली माहोम्मद, सकुन्ताला पौडेल, बुद्ध शिक्षाका ज्ञाता गुनाखर गैरे, पत्रकार भेषराज पाण्डेयलाई दोसल्ला कदर पत्रले सम्मानित गरिएको थियो ।

क्लवका अध्यक्ष रबि ठाकुरको अध्यक्षता, ईन्द्रा देवकोटाको संचालन, राजेश ज्ञवालीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पत्रकार भेषराज पाण्डेय, सकुन्तला पौडेल, चर्भुभुज पाण्डेय, राम दयाल ठाकुर लगायतले मन्तब्य दिएका थिए । सो अवसरमा साहित्यकार श्रवस्तवले आफुले रचना गरेका कृतिहरु मेयर पौडल र अध्यष ठाकुरलाई प्रदान गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu