Connect with us
Kapilvast Forest

जनताको सम्मान हुने राष्ट्रियता स्थापित हुनुपर्छ : डा. बाबुराम भट्टराई

२०८०, १ जेष्ठ सोमबारमा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनताको सम्मान हुने राष्ट्रियता स्थापित हुनुपर्छ, भन्नुभएको छ । अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले भौगोलिक राष्ट्रियता हामीसँग भए पनि आर्थिक, नैतिक र जनताको सम्मान हुने राष्ट्रियता अझै स्थापित गर्न नसकिएको बताउनुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।

डा. भट्टराईले भन्नुभयो, “राजासहितको संसदीय व्यवस्थालाई परिवर्तन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा हामी छाै । युवा, विद्यार्थीले घोत्लेर सोच्नपर्छ, समाजवादी, कम्युनिष्ट विचार बोक्ने शक्तिहरू एक ठाउँमा आएर”, इतिहास गतिवान् भएकाले वामपन्थी र भौतिकवादी द्वन्द्ववादी शक्तिले ठीक र बेठीक छुट्याएर निरन्तर सङ्घर्ष गर्नुपर्छ ।”

उहाँले भन्नुभयो, “आफूहरूलाई सङ्गठित गरेर लड्ने हिम्मत गर्नुपर्छ । अगुवा शशि पनि १०, १५ प्रतिशत छ, प्रतिगामी पनि १०, १५ प्रतिशत छ । अस्पष्ट विचार राख्ने मान्छे समाजमा धेरै हुन्छन् । अस्पष्ट तप्कालाई जागरूक गर्न सकेनौँ भने प्रतिगामी शक्तिले चिल्ला नारा लगाएर जनतामा भ्रम छरेर अग्रगामी वामपन्थी शक्ति कमजोर बनाउन सक्छ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu