डिजेल र मट्टीतेलको मूल्य १० रूपैयाँ घट्याे
काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०रुपैयाँले घटाएको छ । भने पेट्रोलको मूल्य भने यथावत राखेको छ
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।
नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ । डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ ।
मट्टीतेल पनि १ सय ५५ रुपैयाँ पर्ने निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १७५ यथावत रुपैयाँ नै पर्ने भएको छ ।