Connect with us
Kapilvast Forest

पत्रकार बिरुद्ध जथाभावीले लेख्ने अनलाईन बन्द, साइबर ब्युरोले अनुसन्धान गर्दै

२०८०, ३ जेष्ठ बुधबारमा प्रकाशित

कपिलवस्तु –
न्युज सेन्टर नेपालका प्रबन्ध निर्देशक तथा पत्रकार  सनिउल्ला धोबी बिरुद्ध जथाभावी समाचार लेख्ने अनलाईनलाई नेपाल प्रेस काउन्सीलले कारवाही गरेको छ ।
शिवराज नगरपालिकाका सरकारी कर्मचारी दिपक खड्काले पत्रकारिताको दुरुपयोग गर्दै कपोकल्पित समाचार लेख्ने कपुरी अनलाईनलाई प्रेस काउन्सीलले कारवाही गरेको हो ।
सुचना विभागमा बिना दर्ता अनलाईन सञ्चालन भएको र सुचिकरण समेत नभएको भन्दै प्रेस काउन्सीलले कारवाही हो । उक्त भ्रामक समाचार लेख्ने अनलाइनलाई बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यस्तै काउन्सिलले नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन समेत दिएको छ।
पत्रकार सनिउल्ला धोबीलाई उक्त अनलाईनले समाजिक रुपमा बदनाम गराउने र चरित्रहत्या गर्ने उदेश्यले सरकारी तलव खाएर, सरकारी स्रोतको दुरुपयोग गर्दै आएका छन।
बिना दर्ता अनलाईन सञ्चालन गर्ने अनलाईन र कर्मचारी दिपक खडकालाई विद्युतीय कारोबार ऐन, अन्तगत कारवाहीको लागि साइबर ब्युरोले कारवाहीको तयारी गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu