प्रहरी र बिद्यार्थीको सकृयतामा गाजाको बोट नष्ट
महाराजगंज- प्रहरी र बिद्यार्थीको सकृयातामा कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १० हदौना स्थित बिद्यालय कै अघि खेतमा रहेको हरियो गाजा नष्ट गरिएको छ । जनता माबि हर्दौनाको अघि एक कठ्ठा क्षेत्रमा रहेको हरियो गाजाको बोट नष्ट गरिएको हो ।
ईलाका प्रहरी कार्यालय हर्दौनाका प्रहरी सहायक निरिक्षक देब बहादुर केसीले स्थानीयबासी र बिद्यार्थीहरुलार्इृ जागरुक गराउन सामुहिक सहभागीतामा खेतमा आफै फलेको गाजाको बोट नष्ट गरिएको बताए । बिद्यालयकै अघि खेतमा गाजा उम्रिए पनि त्यसप्रति कसैले चासो दिएका थिएनन ।
बिद्यालयका बिद्यर्थी शिक्षक र प्रहरी मिलेर गाजाको बोट नष्ट गरिएको केसीले बताए । गाजा लागु औषधकारुपमा रहेका र यसको उत्पादन सेवन र कारोवारलाई प्रतिबन्ध लगाइएको छ । त्यहाको गाजा स्थानीय साधु सन्त र प्रयोगकर्ताहरुले प्रयो गर्ने गर्थै ।