कपिलवस्तुका २ पालिकामा पैरवी परियोजना संचालन
कपिलवस्तु-
कपिलवस्तुको दुइृ पालिकाको २ पालिकामा स्थानिय सरकार सँगको पैरवी परियोजना संचालन गरिएको छ । कपिलवस्तु नगरपालिकाका ३ र यशोधरा गाउपालिकाका ३ वटा वडामा सो परियोजन ६ महिनाकालागि संचालन भएको हो । परियोजना युनेश्कोको सहयोगमा दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुले दलित, महिला, सिमान्तकृत समुदायको अधिकार सुनिश्चितताका लागि परियोजना सञ्चालन गर्न थालेको हो ।
संस्थाका कार्यकारी निर्देशक रामशरण रैदासले परियोजना बारे जानकारी दिदै सिमान्तकृत समुदायको अधिकारलाई सबलीकरण गर्ने लक्ष्यका साथ ति समुदाय सँग सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयन तथा अध्यावधिक र अनुमोदनका लागी पैरवी सगै लैङ्गिक हिंसा, जातिय विभेद छुवाछुत न्युनिकरणका लागी सरोकारवाला सँग समन्वयमा स्थानिय स्तरमा उपलब्ध श्रोतहरुमा पहुँच र नियन्त्रण बढाउने उद्धेश्यले परियोजना सञ्चालनमा आएको जानकारी दिए ।
६ महिना अबधीको परियोजना कपिलवस्तु नगरपालिकाका ४, ५ र १२ तथा यशोधरा गाउँपालिकाका ४,५,६, ७ र ८ नम्बर वडामा सञ्चालन गरिने उनले बताए । परियोजना कार्यान्वयनमा आए सगै सिमान्तकृत समुदायले जातिय बिभेद बिरुद्ध आवाज उठाउने, योजना छनौट र सामाजिक समावेशीकरणको मुद्दामा वकालत गर्न सक्ने उनले बताए । परियोजनाले भएका नितीको प्रभावकारी कार्यान्वयन, परिमार्जन तथा नयाँ निती निर्माणमा पहल कदमी लिन तत्पर रहने संस्थाका बरिष्ठ परियोजना अधिकृत गोबिन्द धवलले बताए ।
यशोधरा ७ का वडा अध्यक्ष चन्द्र प्रकाश दुबेले जिल्ला दररेटका कारण बिकासको काममा गुणस्तरीयता आउन नसकेको गुनसो गरे । कपिलवस्तु नगरपालिका वडा नम्बर १२ का अध्यक्ष ईन्सान अली धुनियाले सिमान्कृत समुदायमा पनि अति गरिबका लागी कार्यक्रम लक्षित गर्न सुझाव दिए । परियोजनाका कार्यक्रम चेतनाको गुणात्मकस्तर अभिबृद्धिको तह सम्म पुग्ने अपेक्षा गरेको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताए ।
परियोजनालाइ आगामी दिनमा सबै पालिकास्तरमा बिस्तारको योजनाका साथ सहकार्य गरि अगाडी बढ्ने संस्थाका अध्यक्ष संजय कुमार कोरीले बताए । संस्थाले दलित, सिमान्तकृत र अल्पसंख्यकका मुद्दामा वकालत गर्दै आएको उनको स्पष्टोक्ति थियो ।