Connect with us
Kapilvast Forest

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्र बनाइनुपर्छ : प्रधानमन्त्री

२०८०, १४ जेष्ठ आईतवारमा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– “प्राज्ञिक क्षेत्रमा तपाईँहरूले विकास र रूपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्व विद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राध्यापक अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।”

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावरणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । विश्वविद्यालयहरू पाठ्यक्रमहरू र पठनपाठनहरू सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो –“विश्वको उच्च शिक्षामा सूचना प्रविधिको विकासले मानव सुशासनको स्थापनमा कृत्रिम बौद्धिकताको विकास भइरहेको अवस्था छ । हाम्रा विश्वविद्यालयहरुले सूचना प्रविधिको भरपुर प्रयोग र विकास गर्ने गरी पठनपाठन गर्नु आवश्यक छ । रोजगारी र स्वरोजगारीको एउटा मुख्य क्षेत्र सूचना प्राविधिक बनिरहेको अवस्थामा हाम्रा विश्वविद्यालय पाठ्यक्रम र पठनपाठनहरू सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो बनाउन सकिने छ ।”

देशमा व्याप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मूल गर्दै सुशासन कायम गर्न लागिपरेको प्रधानमन्त्रीले बताउनुभयो । प्रचण्डले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार निर्मूल पार्न प्राध्यापक तथा शैक्षिक क्षेत्रको साथ महत्त्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu