बज्राचार्य अध्ययन मण्डलको ४४ औं स्थापना दिवस सम्पन्न
महागुरु पण्डित बज्राचार्य स्व. बद्रीरत्न गुरुजुले स्थापना गर्नुभएको बज्राचार्य अध्ययन मण्डलले नेवारी परम्पराअनुसार ४४ औं स्थापना दिवस मनाएको छ । भीमरथारोहण गर्ने उमेर कटिसकेका काठमाडौं, ललितपुर, भक्तपुर र थिमीका जम्मा १३ जना बज्राचार्य गुरुजु र गुरुमालाई अतिथिहरु बागमति प्रदेश सभासद शैलेन्द्र बज्राचार्य, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, खेम्पो गुरु, उत्तराधिकारी गुरु प्रा.डा. नरेश मान बज्राचार्यले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गर्नुभयो ।
बागमति प्रदेश सभासद शैलेन्द्र बज्राचार्य, फणिन्द्र रत्न बज्राचार्यलगायतले अध्ययन मण्डललाई निरन्तरता दिनुका साथै बौद्ध धर्म अर्थात बज्राचार्य गुरुजुको संस्कृति र संस्कारलाई हस्तान्तरण र पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।